बुद्ध एयरको जहाजभित्रै नाबालकको मृत्यु

महेन्न्द्रनगर । विराटनगर विमानस्थलबाट यात्रु लिएर काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजभित्रै सिकिस्त भएका नाबालकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतीगडाका ताराकिरण राईका ५ वर्षीय छोरा संयोगहाङ राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यूफोर ७१० कल साइन भएको जहाज विराटनगरबाट ५७ जना यात्रु लिएर बुधबार दिउँसो १२स् २४ बजेतिर काठमाडौंका लागि उडेको थियो । जहाज उडिरहेका बेला नाबालकलाई अचानक श्वासप्रश्वासमा समस्या भएपछि फर्काएर विराटनगर नै ल्याइएको बुद्ध एयर विराटनगरका स्टेशन मेनेजर कौशल भण्डारीले बताए । फर्काइएको जहाज १२स्५९ बजेतिर विराटनगरमा ल्याण्ड गरेको थियो ।

‘श्वासप्रश्वासमा समस्या भएर बच्चा सिकिस्त भएपछि बीचैबाट जहाजलाई फर्काएर विराटनगर ल्याण्ड गराइयो । तत्काल एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल पठाइयो,’उनले भने, ‘जहाजबाट निकाल्दा बच्चाको अवस्था सामान्य थियो । श्वासप्रश्वास चलिरहेको थियो ।’ बच्चालाई आकस्मिक समस्या परेपछि यात्रुसहित जहाज विराटनगर नै फर्काउनु परेको भण्डारीको भनाइ छ ।

उनका अनुसार जहाजमा चढ्ने बेलामा पनि बच्चाको अवस्था सामान्य नै थियो । जहाजले उचाइ लिने क्रममा अक्सिजनको कमी भएर बच्चालाई श्वासप्रश्वासमा समस्या भएको हुनसक्ने भण्डारीले बताए । उनले जहाजलाई कहाँबाट फर्काइयो भन्ने यकिन नभएको बताए ।

बच्चालाई बाहिर निकालिसकेपछि भने जहाज यात्रु लिएर काठमाडौं गएको जानकारी भण्डारीले दिए । नाबालकलाई जहाजबाट बाहिर निकालेर उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ दिउँसो १ ३५ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।

अस्पतालका बालरोग विशेषज्ञ डा। दीपराज अधिकारीका अनुसार नाबालकलाई उपचारका लागि मंगलबार राति नै भर्ना गरिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.