अछामका दीपक देवकोटा संसद् भवन भित्रबाट पक्राउ

महेन्द्रनगर । संघीय संसदमा मुखमा टेप लगाएर विरोध गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिनिधि सभा बैठक चलिरहँदा अछाम घर भएका दीपक देवकोटाले मुखमा टेप लगाएर विरोध प्रदर्शन गरेका हुन् । उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

देवकोटा संसद् भवन कम्पाउण्डमा कसरी प्रवेश गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.