महेन्द्रनगर । कञ्चनपुरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरले अबदेखी चौबिसै घण्टा उत्कृष्ट नवजात शिशु तथा बालरोग विशेषज्ञ सेवा प्रदान गर्ने भएको छ । नोवेल मेडिकल कलेज बाट एमबिबिएस र नेपलिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साईन्स (टियु) बाट एमडी पेड्रयाटिक्स अध्ययन गर्नु भएका अनुभवी डाक्टरले अब चौविसै घण्टा सेवा दिने भएका हुन् ।
साथै कञ्चनपुरमै अहिले एनआईसियु सेवा दिईरहेको अस्पतालले नवजात शिशु तथा बालरोग सम्बन्धि सम्पुर्ण सेवा,बच्चाहरुका लागी सम्पुर्ण सघन सेवा –एनआइसियु, पिआईसियु, एसएनसियु) सेवा दिईरहेको अस्पतालका मेडिकल डाईरेक्टर डा. गोविन्द रोकायले बताउनु भयो ।
साथै अस्पतालले अहिले पेट, मुटु छाती विशेषज्ञ जनरल तथा ल्याप्रोस्कोपी सर्जरी सेवा, हड्डी तथा नशा रोग, महिला तथा प्रसुती सेवा, अल्ट्रासाउण्ड सेवाहरु उपलब्ध गराईरहेको छ । साथै नाक,कान,घाँटी दन्त सेवामा मुख, अनुहार तथा बंगरा रोगको पनि उपचार भईरहेको छ । साथै अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, ईन्डोस्कोपी सेवा, ईको, पिटिए, माईनर तथा मेजर शल्यक्रिया पनि भईरहेको छ ।