टिकटक प्रतिबन्ध हटाउने सरकारको संकेत

महेन्द्रनगर । सरकारले १० महिनाअघि सामाजिक सञ्जाल प्लाटफर्म टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा मंगलबार सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधि लगायतसँग परामर्श अघि बढाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार ओलीले प्रधानमन्त्री हुनेबित्तिकै टिकटकमाथिको प्रतिबन्धका विषयमा के भइरहेको छ भनेर चासो व्यक्त गरेका थिए । उनकै निर्देशनअनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने विकल्पबारे मन्त्रालयमा छलफल गरिरहेको स्रोतको दाबी छ ।

बैठक जारी छ ।यसै क्रममा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम गर्न तयार रहेको भन्दै पछिल्लो पत्र सञ्चार मन्त्रालयमा बुझाइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण लगत्तै नेपालमा सामाजिक सद्‌भाव बिगार्ने काम गरेको भन्दै २७ कात्तिक २०८० को मन्त्रिपरिषद्‌ बैठकले नेपालमा टिकटक प्रयोगमा रोक लगाउने निर्णय लिएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.