कंचनपुर र सुदुरपस्चिम कवड्डि संघले ‘मानमति बिष्ट जिताउ अभियान’ सञ्चालन गरेको छ। पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी कवड्डिकी राष्ट्रिय खेलाडी बिष्टलाई जिताउन अभियान सञ्चालन गरिएको संघका अध्यक्ष महेश चन्दले जानकारी दिए ।
‘कंचनपुर र सुदुरपस्चिमको छोरी राष्ट्रिय कृतिमानि महिला कवड्डि खेलाडी मानमति बिष्टलाई पल्स स्पोर्टस अवार्डमा जिताउनका लागि तपाईं हामी सबैको सहयोग आवश्यक रहेको छ,’ चन्दले भने, ‘तपाईंको सानो सानो सहयोगले मानमति बिष्टलाइ जिताउन ठूलो सहयोग पुग्ने छ ।
कवड्डि संघले मानमति बिष्ट जिताउ अभियान संचालन गरेको छ । सुदूरपश्चिम र नेपालका सम्पूर्ण कवड्डि र अन्य खेल प्रेमिहरुलाई सहयोग गरिदन हुन हार्दिक अपिल गर्दछौं ।’ बिष्टको घर कंचनपुरको भिमदत्तनगरपालिका वडा नम्बर ३ तिलकपुर हो । विभागीय टोली नेपाल प्रहरिबाट घरेलु कवड्डि खेल्ने राष्ट्रिय कृतिमानि खेलाडी बिष्ट चीनको हाङझाउमा सेप्टेम्बर २३ (असोज ५ गते) देखि सुरू भएको १९ औं एसियाली खेलकुदमा कास्यपदक जित्ने टिमकि महत्वपुर्ण सिनियर सदस्य हुन ।
एसियाली खेलकुदमा कुल ४५ देशका १२ हजार खेलाडी सहभागी थिए। उनीहरूले ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए। तीमध्ये ४१ राष्ट्रले पदक जितेका थिए। जसमा नेपाललाइ महिला कवड्डि टोलिले कास्य पदक र करातेमा एरिका गुरूङले रजत पदक दिलाएका थिए ।
सुरुवाति चरणमा पदक बिहिन अवस्थामा नेपाल रहदा तिनै बिष्ट सम्मिलित महिला कवड्डि टिमले नेपाललाइ कास्य पदक दिलाएर नेपालको साक जोगाएका थिए,जसमा बिष्टको भुमिका महत्वपूर्ण थियो ” कवड्डि खेलका प्रसिक्षक बिष्णु भट्टले भने, राखेपका सदस्य सचिव जिले मलाइ भन्नु भयो ,हामि त पदक बिहिन हुने हो कि भन्ने चिन्ताले सतायो , नेपालका कुनै पनि खेलाडिले पदक जित्न सकिराखेका छैनन् , अब जसरि पनि नेपालि महिला कवड्डि टोलिले पदक दिलाएर नेपालको पदक बिहिन हुने अवस्थालाइ बचाउनु पर्यो , मैले त्यहि कुरा खेलाडिलाइ भने ,उनिहरुले हुन्छ , हामि जसरि पनि नेपाललाइ पदक बिहिन अवस्था आउन दिदैनौ भने राम्रो खेले त्यसपछि नेपालले कवड्डिमा कास्य पदक जित्यो । हामिमा खुसिको सिमा नै रहेन ।
उक्त जितमा मानमति बिष्ट लगायत सबै खेलाडिको मुख्य भुमिका रह्यो ।यस अघि उनि सम्मितिल महिला कवड्डि टिमले १३ औं साग खेलकुद प्रतियोगितामा रजत पदक जितेको थियो । बिष्ट एथलेटिक्स खेल बिधा बाट कवड्डि खेलमा प्रवेश गरेकि सिनियर कवड्डि खेलाडि पनि हुन ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयन सुचिमा बिष्टसंगै ५ जना खेलाडी अटाएका छन् । क्रिकेटका गुलशन झा, कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई तथा रग्बीका श्रीराम श्रेष्ठको नाम मनोनयनमा अटाएको छ । मनोनयनमा पर्ने पाँच मध्ये एक जनालाई भदौ २८ गते हुने अवार्ड कार्यक्रममा पल्सर मोटरसाइकलसहित पुरस्कृत गरिने मञ्चले जनाएको छ ।
पिपल्स च्वाइस विधाको विजेता मञ्चका सदस्य र राष्ट्रिय प्रशिक्षक तथा इ–सेवा र फेसबुक पेजमा खेलप्रेमीले गर्ने मतका आधारमा चयन हुनेछ । खेलप्रेमीले इ–सेवामा गरेको मतको मतभार ५० प्रतिशत, फेसबुकमा गरेको मतको भार २५ प्रतिशत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकको मतको भार समान १२।५ प्रतिशत हुने मञ्चका महासचिव एवं अवार्डको खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिए ।