महेन्द्रनगर । सुदूरपश्चिममा रहेको जापान कराते डो. कोशिकाई सितोरियो संघ नेपालले फेरी अर्काे ईतिहास रच्न सफल भएको छ । भारतको झारखण्डमा आयोजना भएको तेस्रो अन्तराष्ट्रिय कराते प्रतियोगितामा २७ वटा स्वर्ण पदक र २ वटा सिलभर पदक जितेर प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले आफनो र खेलाडीहरुको लक्ष्य नै अन्तराष्टिय स्तरमा प्रथम स्थान हासिल गर्ने रहेको मा आज उक्त लक्ष्य पुरागरी देशको नाम भारतमा खेलकुद मार्फत सम्मानको साथमा चिनाउन पाउँदा खुसी लागेको बताउनु भयो ।
विगतमा भएका विभिन्न अन्तराट्रिय खेलमा प्रथम स्थान हासिल गरेका खेलाडीहरुले यो पटक पनि राम्रो तयारी गरेका कारणले नेपाल प्रथम हुन सफल भएको बताउनु भयो ।
गत बैशाख २९ र ३० गते भारतको जयपुरमा महाराणा प्रताप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमा रहेको जापान कराते डो.कोशिकाई सितोरियो संघ नेपालका २६ जना खेलाडीहरुले स्वर्ण पदक र ५ सिल्भर मेडल जितेर ईतिहास कायम गरेका थिए ।