महेन्द्रनगर । समाजसेवी विनय प्रकाश मल्लले ब्रेन ट्युमर बाट पिडितलाई उपचारका लागी आर्थिक सहयोग गर्नु भएको छ । डडेल्धुराको अमरगढी नगरपालिका ११ फिन्नेकोट निवासी ब्रेन ट्युमर बाट पीडीत मोहित बोहराको उपचारमा सहयोग होस भनेर नगद १५ हजार सहयोग गर्नु भएको हो ।
अली भएपनी मलम लागोस भन्ने उद्देश्यले मेरो व्यक्तीगत तर्फ बाट स्वास्थ्य लाभको कामना गर्दै १५ हजार सहयोग गरेको समाजसेवी मल्लले बताउनु भयो ।
साथै, उहाँले अहिले विशेष परिस्थितिका कारण यस उप्रान्त आफनो व्यक्तिगत तर्फबाट हुने सम्पूर्ण नगद आर्थिक सहयोग कार्यक्रम अनिश्चित कालका लागी स्थगीत गरिएको पनि जानकारी दिनु भएको छ ।