महेन्द्रनगर । कञ्चनपुरस्थित दोदा नदी बिहीबार बिहान सतर्कता तह पार भएको छ । दोदा ,मछेली नदी जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “भदौ २७, बिहान ६ः३० बजे ।
कञ्चनपुर जिल्लास्थित दोदा मछेली नदी जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले सो नदीतटीय क्षेत्रको डुबान भइरहने होचा भूभागहरूमा रहनुहुनेहरूले साँझसम्मै उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।