सविधान दिवसको उपलक्ष्यमा ईको पार्कमा वृहत वृक्षारोपण सम्पन्न

महेन्द्रनगर । सविधान दिवसको उपलक्ष्यमा वृहत वृक्षारोपण कार्यक्रम गरिएको छ । भीमदत्त नगरपालिका १८ मा रहेको ईकोपार्कमा विहिवार संविधान दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रम गरिएको हो । संविधान दिवसको य्राली कार्यक्रम सम्पन्न भएपछि सबै सहभागीहरु इको पार्कमा पुगेर विभिन्न प्रजातीका फलफुलका विरुवाहरु रोपण गरिएको हो ।

भीमदत्त नगरापलिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सयौको संख्यामा विरुवाहरु रोपण गरिएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले अतिक्रणको चपेटामा परेको यो पार्कको संरक्षण गरेर यसको विकास गर्ने यसको सौन्दर्यमा पनि विषेश ध्यान दिएर पालिकाले काम गरिररहेको बताउनु भयो ।

नजिक रहेको टोल समितिबाट एउटा समिति बनाएर यसको संरक्षण विकास गर्ने र २२ वटा सामुदायिक वनहरुबाट पनि प्रतिनिधित्व हुने गरी प्रत्येक सामुदायिक वनबाट २ लाख सहयोग गर्ने यसलाई अmभै राम्रो बनाउने योजना रहेको बताउनु भयो । पालिकाले पनि यसका लागी बजेट विनियोजन गरेर चारै तर्फ घेरबार लगाएर संरक्षण गर्ने , विच भागमा विहान हिडन मिल्ने सडक बनाउने बताउनु भयो ।

भीमदत्त नगरपालिका वडा नम्वर १८ का वडा अध्यक्ष रविन्द्र देवकोटाले यो पार्कलाई जिल्लाकै नमुना पार्कमा विकसित गर्ने योजना अनुरुप आज वृक्षारोपण गरिएको बताउनु भयो । साथै पालिकाले एनएनएसडब्लुएलेपनि विभिन्न योजना ल्याएर यसका काम गरिररहेका र यसको विकास र संरक्षणका लागी काम भईरहेको बताउनु भयो । एनएनएसडब्लुएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले एउटा योजना नै बनाएर यसको संरक्षण विकास र सौन्दर्यतामा रहेको आफनो संस्थाले काम गरिरहेको बताउनु भयो ।

अहिले यसको व्यवस्थापनका लागी यसलाई हरियालीमय बनाउनका लागी अहिले संस्थाले काम गरिरहेको बताउनु भयो । यसमा अहिले ९ लाख रुपैँया बराबर पर्ने विरुवाहरु कञ्चनपुर वन कार्यालय शान्ती सामुदायिक वनले सहयोग गरेको जानकारी दिनु भयो । साथै यहाँ रोपिएका विरुवाहरुको रेखदेख गर्ने, पानी हाल्ने गरी एकजना कर्मचारी ४ महिनाको लागी राखिएको पनि बताउनु भयो ।

 

सम्बन्धित

Comments are closed.