क्यानाडामा रहँदा पनि नेपालको उत्तिकै माया

नरबहादुर टण्डन
एउटा अन्तरवार्तामा डा.महाविर पुनको कुरा सुन्दा हाम्रो नेतादेखि कम्पारो तातेर आयो । केहि गर्छु भनेर आउनेलाई सहयोग नै नगर्ने आखिर केका लागि बनेका नेता हुन ? वर्तमानमा उदाएका नयाँ पार्टीका केही नेताहरुको सुझाव र विकासका पुर्वाधार प्रस्तुती गरेको देख्दा नेपालमा अब केही परिवर्तनको सुरुवात भने पक्कै हुने देखेको छु । पुराना राजनितिक दलहरु राष्ट र जनताप्रति जिम्मेवार नहुदाँ मुलुकमा पटक पटक अन्यौलता पैदा भईरहेको छ ।

यसले गर्दा मुलुकको विकास निर्माण र सुशासनमा बाधा उत्पन्न भएको छ । स्वर्ग जस्तो हाम्रो देश नेपाललाई खराब नेतृत्वले गर्दा कुरुप मार्गतर्फ धकेलिरहेको छ । त्यसैले पुराना पार्टीहरुले अब नयाँ पिढीहरु सङ्ग सिक्नुपर्छ । व्यक्तिगत कुराको मतलब नगरी अब नयाँ नेपाल बनाउन सहयोग गर्नुको विकल्प छैन।

सासंद, सुमना, तोसिमा र सोबिता आशा लाग्दा नेता हुन, एकदिन यिनैमध्ये एकले नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको खाता खोल्ने छन । कहिले काँही मलाई पनि केही खुलदुली लाग्छ र आफ्नो विचार राख्दछु , हो सरकारी मातहतका कर्मचारीहरु राजनितिक मुक्त भए , सोही कुरा मन्त्री ज्यु ले नै अगाडि बढाउनुभएको प्रस्तुती देख्दा एकदमै आशा लाग्दो छ ।

नेता होस या कुनै सामाजिक कार्यकर्ता, इच्छाशक्ति भए कुनै पनि सामाजिक तथा विकासका काम गर्न पद चाहिन्न, म भए यस्तो गर्छु, उस्तो गर्छु भन्ने बेकार कुरा हो । मेरो आफ्नो तरिका अरुको भन्दा भिन्नै हुन्छ, छिट्टै नै क्यानडामा पहिलो मिनि नेपाल , दोस्रो यातायात सवारी बसद्वारा भ्रमण बर्ष द्दण्द्दण् ,तेस्रो अहिले भन्दिन यो अर्को आश्चर्य चकित पार्ने योजना हो ।

त्यस्तै नेपालको परिचय दिदैँ क्यानाडामा लरी चलाईरहेको छु । क्यानाडामा बस्ने ३५ हजार नेपालीलगायत विभिन्न देशका नागरिकहरु र सम्बन्धित निकायहरुसँग आफनो गतिविधीहरुलाई परिचित गराउन आफु सफल भएको महसुस गरेको छु ।

नेपालमा यौन स्वास्थ्य महिनावारी सम्बन्धी कुसंस्कारको अन्त्य गरी सामाजिक जनचेतना जगाउने उद्देश्यले सामुदायिक विद्यालयमा पढ्ने किशोर किशोरीको स्वास्थ र महिनावारी सम्बन्धी सचेतना कार्यक्रममा क्यानडा नेपाल पर्यटन तथा ब्यापार केन्द्रमार्फत ७ वटै प्रदेशमा कार्यक्रमहरु सन्चालन गरेको छु ।

क्यानाडामा रहेर नेपालको पर्यटन,शिक्षा,स्वास्थ्य र समाजसेवा गर्दै नेपाल क्यानडा पर्यटन दुतको रूपमा विगत लामो समयदेखि काम गरिरहेको छु ।

लेखक -नरबहादुर टण्डन विगत दुई दशकदेखि क्यानाडामा रहदैँ आउनुभएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.