बाढी पहिरोमा परी देशभर ६३ जनाको मृत्य, ३४ जना घाइते

महेन्द्रनगर । बिहिबार रातिदेखि परेको अविरलत वर्षाले देशभर बाढी पहिरोका घटनाहरू बढिरहेका छन्। शुक्रबार साँझदेखि शनिबार साँझ ५ बजेसम्म बाढी पहिरोमा परी ६३ जनाको मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

विपदजन्य घटनामा ३४ जना घाइते भएको पनि उनले बताए। थापाका अनुसार २० भन्दा बढी जिल्लाहरूमा बाढी पहिरोले क्षति पुर्‍याएको छ। यसमा परेर ६४ जना बेपत्ता छन्। कोशी प्रदेशमा १० जना, काठमाडौं उपत्यकामा मात्रै ३४ जना, बाग्मती प्रदेशमा १९ जनाको मृत्यु भएको छ।

त्यस्तै बेपत्ता हुनेमा पनि सबभन्दा बढी उपत्यकामा २१, बाग्मतीमा ३१, कोशी प्रदेशमा ९, मधेशमा १ र लुम्बिनी प्रदेशमा २ जना छन्। सशस्त्र प्रहरीले २ हजार १०३ जनालाई उद्धार गरेको छ।

यसका लागि सशस्त्र प्रहरी बलबाट २३ वटा बोट, गोताखोरसहित ९० स्थानमा ४ हजार जनाको टोली परिचालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिए।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.