महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए । आज धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्दतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए ।
उनले भने दुई दलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्तो छलफल भएको छैन । उनले २०८४ सम्म यो गठबन्धन कायम रहने बताउँदै अबको १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने उल्लेख गरे ।
प्रधानमन्त्रीको चीन भ्रमणको विषयलाई लिएर दुई दल बिच खटपट भएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलको विषयलाई लिएर बेकामको हल्ला चलाइएको बताए । उनले भने– ुएमाले र कांग्रेसबिच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छौ, २०८४ को निर्वाचनसम्म सहज मिलेर जान्छौँ ।
नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै विदेश भ्रमणमा जानू परम्परा रहेको बताउँदै गृहमन्त्री लेखकले भारत वा चीन कुन देश अगाडि जान्छ भन्ने विषय सामान्य रहेको उल्लेख गरे। उनले भने –ुप्रधानमन्त्रीको चिन भ्रमणको मिति तय भैसकेको छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ ।
सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गोष्ठीमा प्रदेश सुरक्षाको समीक्षा गरिएको बताए । उनले अब नयाँ कार्ययोजना सहित शान्ति सुरक्षा कायम हुने बताए । यसैगरी गृहमन्त्री लेखकले गेटा विश्व विद्यालय सञ्चालनमा विधेयक लगायतका कानुनहरू निर्माणमा कुनै समय सिमा नभएकाले समस्या भएको बताए ।
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक लगायतका कानुनहरू निर्माणमा कुनै समय सिमा नभएकाले समस्या भएको तर्क गृहमन्त्री लेखकको रहेको छ ।
Comments are closed.