सन्जिवनी नेपालद्वारा जलवायु अनुकुलन कार्य विधीमा छलफल

महेन्द्रनगर । सन्जिवनी नेपालले जलवायु अनुकुलन कार्य विधीमा छलफल गरेको छ । विहिवार भीमदत्त नगरपालिकामा नगरप्रमुख उपप्रमुख, वडा अध्यक्षहरुसंग जलवायु अनुकुलन कार्य विधीमा छलफल गरिएको हो । अहिले डिसिएको आर्थिक सहयोगमा संचालनमा रहेको वर्थ कार्यक्रम भीमदत्त नगरपालिकामा संचालन भई रहेको छ ।

जलवायु परिवर्तनबाट समुदायहरू प्रभावित भइरहेको अवस्थामा त्यसको सामना गर्न स्थानीय स्तरमा जलवायु अनुकुलन कार्य विधी आवस्यक रहेको भएर उक्त विषयमा पहिलो चरणमा छलफल भएको संस्थाका कार्यकारी निर्देशक नितु भट्टले बताउनु भयो ।

जलवायु अनुकुलन अनुसार नितिनियमहरु हुनुपर्ने र त्यो नभएको पाईएको अवस्था पछिल्लो समयमा भीमदत्त नगरपालिका पनि यसको असरबाट बढी प्रभावित भएको भएर यो निर्माण गर्नुपर्ने अवस्थामा पहिलो चरणमा कार्य विधी माथी छलफल भएको बताउनु भयो ।

‘जहिले पनि विपद आएपछि मात्रै प्रतिकार्यको काम हुने, यसको लागी पूर्व तयारीको आवस्यक्ता पर्ने योजना पोलीसी निर्माणको आवस्यक्ता पर्ने हुन्छ’ उहाँले भन्नु भयो, ‘तर यो पालिकामा उक्त विषयहरुको नभएको भएर नै आफुहरुले प्राविधीक सहयोग गर्ने अनुरुप नै आज व्यापक छलफल भएको छ, फेरी आगामी दिनमा अर्काे चरणमा बस्ने गरी आज छलफल सम्पन्न भएको छ’ अहिले पनि विपद आउँदा व्यक्तिगत र सामुदायिक तहबाट स्वस्फुर्त रूपमा अनुकूलनका प्रयासहरू भइरहेका पनि छन्

तर स्वस्फुर्त भईरहेका अनुकूलन पर्याप्त हुन नसक्ने संजिवनी नेपालका कार्यकारी निर्देशक भट्टले बताउनु भयो । जलवायु परिवर्तन आगामी दशकहरूमा पनि निरन्तर हुने अपेक्षा गरेकाले योजनाबद्ध र व्यवस्थित अनुकूलनको आवश्यकता रहेको उहाँले बताउनु भयो ।

अनुकूलन योजना तयार गर्दा स्थानीय तहका औपचारिक विकास योजनामा एकिकृत तथा मूल प्रवाहीकरण गर्दै लैजानु पर्ने आवश्यक रहेको बताउँदै जलवायुमा अनुकुलन हुन समुदायको आवश्यक क्षमताको पहिचान गर्नमा यसले मदत गर्छ ।

यो अति नै महत्वपुर्ण विषय रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताउनु भयो विपद आएको बेलामा मात्रै यो विषयलाई खोज्ने पहिले देखी नै चलि आएको अवस्थाको पनि अन्त हुने भएर वडा अध्यक्षहरुले अध्ययन गरेर आगामी दिनमा थप्नुपर्ने विषवस्तुहरु पनि समेटेर अगाढी बढने बताउनु भयो । जलवायु परिवर्तन आगामी दशकहरूमा पनि निरन्तर हुने अपेक्षा गरेकाले योजनाबद्ध र व्यवस्थित अनुकूलनको आवश्यकता रहेको उहाँले बताउनु भयो ।

सरकारले जलवायु परिवर्तनको दीर्घकालीन प्रभावलाई सम्बोधन गर्न राष्ट्रिय र सबै स्थानीय तहमा जलवायु परिवर्तन अनुकूलन कार्ययोजना बनाई लागू गर्न आर्थिक वर्ष २०७९÷०८० को बजेटमार्फत भविष्यमा जलवायु परिवर्तनका असर झन् विकराल हुने तथ्यलाई मध्यनजर गर्दै दिगो विकासका लक्ष्य, पेरिस सम्झौताअन्तर्गतको राष्ट्रिय रूपमा निर्धारित योगदान लक्ष्य, विपद्सम्बन्धी सेन्डाई संरचनाको अवधारणा र नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ को भावनाअनुसार सरकारले अनुकुलन योजना पारित गरेको हो ।

सम्बन्धित

Comments are closed.