कञ्चनपुरमा हाइस दुर्घटना हुँदा ८ जना घाइते

महेन्द्रनगर । कञ्चनपुरको गुलरीयामा इलेक्ट्रिकल हाईस दुर्घटना हुँदा ८ जना घाइते भएका छन । मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरिया तर्फ आउँदै गरेको सुपप्र ०२००१ ख १४२५ नम्बरको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन ।

घाइते मध्ये ४ जनाको धनगढी स्थित निसर्ग अस्पताल र ४ जनाको गुलरीयामा रहेको निमेष अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हाइस राजमार्ग छेउमा अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गुलरीयाले जनाएको छ । हाइसमा १० जना सवार रहेका थिए ।

सम्बन्धित

Comments are closed.