महेन्द्य्रनगर । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स जितका लागि १४० रनका टार्गेट पाएको छ । पहिलो व्याटिङ गरेको जनकपुर बोल्ट्स ९ विकेटको क्षतीमा १३९ रन बनाएको छ ।
जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् ।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए । स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए ।
यस खेलको विजेता एनपीएलको फाइनल पुग्ने पहिलो टोली बन्नेछ । पराजित टोलीले दोस्रो क्वालिफायर टु खेल्ने मौका पाउनेछ ।
एलिमिनेटरमा आजै चितवन राइनोजलाई हराएर कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरिसकेको छ ।
Comments are closed.