३३ स्वर्ण र ५ रजत पदकसहित भारतमा भएको खेलमा जापान कराते डो कोशिकाले रच्यो ईतिहास

महेन्द्रनगर । सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघले फेरी ईतिहास रच्न सफल भएको छ अन्तराष्टिय स्तरमा यो सहित पाँचौ पटक नेपालको झण्डा उच्च सम्मानको साथमा प्रथम स्थान हासिल गरेर भारतको कोलकत्तामा गाडन सफल भएको छ ।

विगतमा पनि भारतमा भएका सबै खेलमा चार पटक प्रथम स्थान हासिल गर।रेको सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघले यो पटक पनि भारतको कोलकत्तामा आयोजना भएको अन्तराष्ट्रिय ईन्डो नेपाल ओपेन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ मा ३३ स्वर्ण पदक र ५ रजत पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

साथै महिला तर्फबाट रागिनी नेपाली एवम पुरुष तर्फबाट कपिल पनेरु बेस्ट फाईटरको ट्रफी जितेर नेपाल प्रथम भएको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले बताउनु भयो ।

आफुहरुले विगतमा भएका ४ वटा अन्तराष्टिय स्तरका खेलमा प्रथम स्थान हासिल गरेको र यो पटक पनि देशको नाम खेलकुदको माध्यमबाट उच्च राख्न सफल भएको बताउनु भयो । खेलाडी र अफिसियल ४२ जनालई बुधवार प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटा लगायतको टोली खादा नेपालको झणड ओढाएर विदाई गर्नु भएको थियो ।

 

सम्बन्धित

Comments are closed.