सुदूरपश्चिम जापान कराते डो कोशिकाईले भारतको फरिदाबादमा गय्रो यस्तो कमाल

महेन्द्रनगर । सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका खेलाडीहरु भारतको फरिदाबादमा फेरी ईतिहास रचेका छन् । आफनो उत्कृष्ट प्रदर्शनबाट आफनो देशको नाम राख्न सफल भएका छन् । प्रथम दक्षिण एसियाली साग खेलकुद कराते प्रतियोगिता खेल्न ४ जना खेलाडीहरु १ जना कोच भारत पुगेका छन् ।

त्यँहा भएको खेलमा खेलाडी गणेश भट्टले श्रीलंका र बाङ्गलादेश लाई हराउदै प्रथम स्थान हासिल गरेका छन् । यसैगरी, खेलाडी बिशाल भट्टले भुटान लाई हराउदै प्रथम स्थान ल्याएको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले बताउनु भयो ।

त्यस्तै खेलाडी दिपक भट्टले उज्बेकिस्तान संग खेल्दै द्धितिय भएक छ्न, भने सिद्धराज राना बाङ्गलादेश संगखेल खेलेर द्धितिय भएका छन । बिहिवार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले खेलाडीहरुलाई विदाई गर्नु भएको थियो ।

प्रथम दक्षिण एसियाली साग खेलकुद कराते प्रतियोगिता खेल्न ४ जना खेलाडीहरु १ जना कोच अहिले भारतको फरिदाबादमा रहेका छन् । केही दिन अगाढी मात्रै भारतको कोलकत्तामा भएको अन्तराष्ट्रिय ईन्डो नेपाल ओपेन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ मा ३३ स्वर्ण पदक र ५ रजत पदकसहित प्रथम स्थान हासिल गरेको थियो ।

सम्बन्धित

Comments are closed.