पत्रकार सुजित सिनाल शुक्लाफाँटा पत्रकारिता पुरस्कार बाट सम्मानित

महेन्द्रनगर । कञ्चनपुरका पत्रकार सुजित रमेश सिनाललाई शुक्लाफाँटा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । भीमदत्त नगरपालिका १ भाँसी महेन्द्रनगरमा रहेको सामुदायिक रेडियो शुक्लाफाँटा एफएमले पत्रकार सिनाललाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

सोमबार सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १८औँ बार्षिकोत्सवको अवसरमा पत्रकार सिनालाई पत्रकारिता पुरस्कार प्रदान गरिएको रेडियोका अध्यक्ष यज्ञराज चटौत जानकारी दिनु भएको छ । शुक्लाफाँटा रेडियोमा समाचार प्रमुख, शुक्लाफाँटाखबर डट कममा सम्पादक, शुक्लाफाँटा क्षेत्रिय दैनिक पत्रिकामा कार्यकारी सम्पादकको रुपमा कार्यरत पत्रकार सिनाललाई एफएमले नगद ११ हजार १ सय ११ रुपैया सहित प्रमाण पत्र, दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले पत्रकार सिनालाई नगद रकम हस्तान्तरणका साथै प्रमाण पत्र, दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । रेडियोका स्टेशन म्यानेर जयदेव जोशीले हरेक बार्षिकोत्सव अवसरमा एफ.एमले जिल्लामा क्रियाशिल एक पत्रकारलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको बताउनु भयो ।

यो वर्ष शुक्लाफाँटा एफएममा समाचार प्रमुख सिनाललाई उहाँको सक्रियता, र जनताका विचार, समस्याहरुलाई स्थानिय राष्टिय र अन्तराष्टिय स्तरमा स्थान गराउन सफल भएकोमा यो पुरस्कार प्रदान गरिएको बताउनु भयो ।

करिब डेढ दशकदेखि पत्रकारितामा सकृय सिनाल समसामयिक विषयमा मुद्दा उठान गर्दै आई रहनु भएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका सदस्य समेत रहेका उहाँले पुरस्कारबाट थप कार्य क्षेत्रमा उत्साह थपिदिएको र जिम्मेवारी पनि थप भएको बताउनु भएको छ ।

सम्बन्धित

Comments are closed.