प्रथम दक्षिण एसियाली साग खेलकुदमा सुदूरपश्चिम जापान कराते डो कोशिकाईले रच्यो ईतिहास

महेन्द्रनगर । सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका खेलाडीहरु भारतको फरिदाबादमा फेरी ईतिहास रचे पछि नेपालमा भव्य स्वागत गरिएको छ । मंगलवार भारतबाट नेपाल फर्किए पछि समितीका अध्यक्ष अन्य पदाधिकारी अभिभावकहरुले खेलाडी जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहलाई भव्य स्वागत गरेका थिए ।

प्रथम दक्षिण एसियाली साग खेलकुद कराते प्रतियोगितामा नेपालले द्धितिय स्थान हासिल गरेको छ । उक्त खेलमा भारतले प्रथम स्थान हासिल गरेको थियो । भने, उज्बेकिस्तान तेस्रो भएको थियो । उक्त कराते प्रतियोगितामा नेपाल, भुटान, श्रीलंका, बाङ्गलदेश, भारत, र उज्बेकिस्तानको सहभागिता रहेको थियो ।

प्रथम दक्षिण एसियाली साग खेलकुद कराते प्रतियोगितामा नेपालले द्धितिय स्थान हासिल गरेको छ । खेलाडी गणेश भट्टले श्रीलंका र बाङ्गलादेश लाई हराउदै प्रथम स्थान हासिल गरेका छन् । यसैगरी, खेलाडी बिशाल भट्टले भुटान लाई हराउदै प्रथम स्थान ल्याएको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले बताउनु भयो ।

त्यस्तै खेलाडी दिपक भट्टले उज्बेकिस्तान संग खेल्दै द्धितिय भएका छ्न, भने सिद्धराज राना बाङ्गलादेश संगखेल खेलेर द्धितिय भएका छन । आफनो खेलाडीहरुले अथक मिहिनेत सिमीत श्रोत र साधनले आफनो देशको नाम उच्च सम्मानको साथमा ईतिहास रच्न सफल भएको बताउनु भयो ।

खेलाडीहरुले यही पुसमा पनि भारतकाकोलकत्तामा भएको अन्तराष्ट्रिय ईन्डो नेपाल ओपेन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ मा ३३ स्वर्ण पदक र ५ रजत पदकसहित प्रथम स्थान हासिल गरेको उहाँले बताउनु भयो ।

र लगत्तै फेरी भारतको फरीदाबादमा खेल खेल्न जानुपर्ने चुनौतीका बावजुद पनि आफनो देशको नाम रसाख्न सफल भएको बताउनु भयो । अन्तराष्टिय स्तरमा आफनै खर्चमा गएर खेल खेलेर देशको नाम राख्न सफल हुनु आफैमा गर्वको विषय भएको बताउनु भयो ।

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका अध्यक्ष दिपेन्द्र विष्टले आफनो थकान भोक प्यासलाई भुलेर आफनो देशको लागी खेल खेल्ने खेलाडी कोच गुरु सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । देशको नाम राख्न सफल हुनुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर िस्वागत पनि गर्नु भयो । पुस ११ गते बिहिवार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले खेलाडीहरुलाई विदाई गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.