महाकाली बाल विद्यालयमा वार्षिक खेलकुद सप्ताह २०८१ सुरु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मा रहेको महाकाली बाल विद्यालयमा वार्षिक खेलकुद सप्ताह २०८१ को आयोजना गरिएको छ ।विद्यार्थीहरुको चौतर्फी विकासका लागी उनिहरुलाई अध्ययन संगसंगै खेलकुदको माधयमबाट स्वस्थ्य शरिर बनाउन र अनुसासनमा राख्नका लागी उनिहरुलाई खेलकुदबाट दक्ष बनाउन यो कार्यक्रमको आयोजना गरिएको प्रमुख अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज चटौतले जानकारी दिनुभयो ।

पछिल्लो समयमा खेलकुदको माध्यमबाट आफनो देशको नाम अन्तराष्ट्रिय स्तर सम्म राख्न सक्ने वातावरणको सिर्जना विद्यालय स्तरबाट गराउन सकिए विद्यार्थीहरुले आफनो जिवनयापन खेलकुदबाट पनि गर्न सक्ने बताउनु भयो ।

साथै, स्वस्थ्य शरिर बनाउनका लागी फुर्तिलो र मष्तिस्कलाई पनि स्वस्थ्य बनाउनका लागी खेलकुद अति आवस्यक रहेको हुँदा महाकाली बाल विद्यालयमा वार्षिक खेलकुद सप्ताह २०८१ को आयोजना गरिएको प्रमुख अतिथी एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चटौतले बताउनु भयो ।

विद्यालयमा अध्ययन संगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई अगाडी बढाउनका लागी विद्यालय व्यवस्थापन समिति, र शिक्षक शिक्षिकाहरुको पनि अहम भुमिका रहने भएकोले यसमा अभिभावकहरुले पनि चासोका साथमा आफना बालबालिकाहरुलाई विद्यालयका प्रधानाध्यापक जाग्रीले हरेका वर्ष झे यस वर्षमा पनि विद्यालयमा वार्षिक खेलकुद सप्ताह २०८१ को आयोजना गरिएको बताउनु भयो ।

अहिले विद्यार्थीहरुमा बेग्लै प्रकारको उत्साह हौसला रहेको र उनिहरुले आफुमा भएको अन्तरनिहित प्रतिभा सिपहरु पनि देखाउन मिल्ने वातावरण को निर्माण गरिएको बताउनु भयो । अहिले भलिबल, क्रिकेट, कब्बडी, ब्याट मिन्टन, दौड, हाईजम्प, लङग जम्पलगायतका खेलकुदहरु हुने भएका छन् ।

सम्बन्धित

Comments are closed.