कैलालीको जुगेडामा रहेको श्री नवदुर्गा आधारभूतका विद्यार्थीलाई न्यानो टोपी सहयोग

महेन्द्रनगर । हाल दक्षिण कोरियामा कार्यरत धनगढी उप–महानगरपालिका वडा नं. १८ फूलबारी एफगाउँ, कैलालीका दिपक बि.के ले विद्यार्थीहरुलाई न्यानो टोपी सहयोग गर्नु भएको छ ।

श्री नवदुर्गा आधारभूत विद्यालय बिगाउँ, जनकबस्ती, जुगेडा, कैलालीका सम्पूर्ण विद्यार्थीहरूलाई बढदै गईरहेको हिउदको चिसोबाट जोगिन ऊनका टोपीहरू सहयोग गर्नु भएको हो ।

शिक्षक गणेशबहादुर नेपालीले यो चिशोमा विद्यार्थीहरुलाई केही भएपनि राहत होस भनेर फूलबारी एफगाउँ, कैलालीका दिपक बि.के ले गरेको यो सहयोग उच्च मानवीय सेवा रहेको बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक नृपबहादुर ठकुल्लाले निलो रंगका टोपीहरू विद्यार्थीहरूलाई लगाइ दिदै मनकारी व्यक्तित्व दिपक बि.के.लाई धन्यवाद र कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

टोपी वितरण कार्यक्रममा विद्यालयका शिक्षकहरू सत्यदेवी स्नेही, देवी जोशी भडारी र सीसा थापा भण्डारीको पनि सहभागीता रहेको थियो ।

सम्बन्धित

Comments are closed.