कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकार कल्याण कोषमा सहयोग गर्ने

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्वर जोशीले पत्रकार कल्याण कोषमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ । सोमवार कञ्चनपुर पत्रकार महासंघका नव निर्वाचित पदाधीकारीहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा अध्यक्ष जोशीले उक्त प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सव टिकटबाट उठेको केही रकम पत्रकार कल्याण कोषमा सहयोग गर्ने बताउनु भयो । कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकारहरुको हक हितका लागी नेतृत्व विकास अन्य सहयोगमा पनि सदैव साथ र समर्थन रहने बताउनु भयो ।

व्यवसायहरुको हक अधिकारको पक्षमा रहेर सञ्चार जगतले साथ दिएको र आगामी दिनमा पनि यसरी नै साथको अपेक्षा रहेको अध्यक्ष जोशीले बताउनु भयो । विगतदेखी कञ्चनपुर उद्योग वाणिज्य संघ विच आत्मियता सदभाव कायमै रहेको र आगामी दिनमा पनि यो माया सदभाव उक अर्कालाई साथ र सहयोग रहने विश्वास व्यक्त गर्नु भयो ।

देशमा हुने गरेका आमुल पविर्तन र अहिलेको परिस्थितीमा संचार जगतले खेलेको अहम भुमिकाले देशमा विकास राजनितिक उतार चढावमा पनि सकारात्मक पक्षमा रहेर जनतालाई सुचना मार्फत सुसज्जित गर्ने आफुले विश्वास लिएको बताउनु भयो ।

देशमा अर्थतन्त्र लयमा नआएको अवस्थामा पनि संचारको भुमिका अपरिहार्य रहेको र आगामी दिनमा पनि निश्पक्ष भएर कलम चलाउन र सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । कञ्चनपुर पत्रकार महासंघका अध्यक्ष सुरेश धामीले कञ्चनपुर उधोग वाणिज्य संघले नव निर्वाचित पदाधिकारीहरुलाई गरेको स्वागत र सम्मानका लागी धन्यवाद व्यक्त गर्नु भयो ।

कञ्चनपुर पत्रकार महासंघ र उद्योग वाणिज्य संघ विचको सम्बन्ध र सहकार्य विगत झै आगामी दिनमा पनि अझै सुधारात्मक तवरले जाने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.