दिदिबहिनी उद्वार कोषद्वारा विरामी पत्रकार सिनाललाई आर्थिक सहयोग

महेन्द्रनगर । विरामी पत्रकार सुजित रमेश सिनाललाई दिदिबहिनी उद्वार कोषले आर्थिक सहयोग गरेको छ । बुधवार बिरामी पत्रकार सिनाललाई भेटेर स्वास्थ्य लाभको कामनासहित नगद १० हजार रुपैया आर्थिक सहयोग गरिएको हो ।

सामाजिक संजालबाट पत्रकार सिनाल विरामी भएको खबर पाउँना साथ फोन मार्फत जानकारी लिई स्वास्थ्य उपचारमा सहजता होस भनेर आर्थिक सहयोग गरिएकोे हो । दिदिबहिनी उद्वार कोषका अध्यक्ष भगवती थापाले आफना सम्पुर्ण दिदि बहिनीलाई पत्रकार सिनालको अवस्थाबारेमा जानकारी गराएपछि सबैले आआफनो तर्फ बाट सक्दो सहयोग गरेको बताउनु भयो ।

लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचार काठमाण्डौमा हुने भएपछि केही भएपनि सहजता होस भनेर सबैले सहयोग गरेको अध्यक्ष थापाले बताउनु भयो । उहाँहरुले पत्रकार सिनालको स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ ।

दिदिबहिनी उद्वार कोषले विगतका दिनहरुमा पनि विपन्न, बेसहारा, पिडित, उपचारमा समस्या भएका हरुलाई सहयोग गर्दै आर्य रहनु भएको छ ।

सम्बन्धित

Comments are closed.