विगत ४१ वर्षदेखी भलमनसा भएर नेतृत्व गर्दै धिरेन्द्र डगौरा

माघ (माघी) पर्व सकिएसँगै थारु गाउँमा भलमनसा चयनको काम थालिएको छ । गाउँको नेतृत्व गर्नका लागि सो समुदायका मानिसले भलमनसा चयन गर्न थालेका हुन् । भलमनसाले विकास निर्माणदेखि लिएर गाउँवासीको सुखदुख, भोजभतेरमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गर्दछन् । भलमनसाको पदावधि एक वर्षको रहने गर्दछ ।

माघदेखी सुरु भएको भलमनसा चयनको काम यो महिनाभरि हुने कञ्चनपुरको वेदकोट नगरपालिका ९ लालपुरका भलमन्सा धिरेन्द्र डगौराले बताए । उनको गाउँमा आजै भलमनसा चयनको काम भएको छ । विगत ४१ वर्षदेखी भलमनसा रहनू भएको डगौरालाई यसवर्ष पनि फेरि गाउँवासीले भलमनसा बनाएका छन् ।

बडघर एक न्यायिक प्रथा रहेको र जसरी व्यवस्थापिका, कार्यपालिका, र न्यापालिका रहेको छ, त्यस्तै ने हामे समजामा समुदायमा उकता राख्ने मेलमिलाप गराउने प्रथा रहेको बताउनु भयो । सहभागिता प्रतिनिधित्वका नाममा मात्रै नभएर, बजेट विनियोजन, विकास निर्माणका कामहरुमा पनि अर्थपुर्ण रुपमा सहभागिताको आवस्यक रहेको भलमन्सा धिरेन्द्र डगौराले बताए ।

वर्षभरीमा हुने गरेका सबै कार्यहरुमा विषेश भुमिका र अग्रसर भएर काम गर्ने गरिएको छ र अहिले पनि प्रथा जनिक न्याय प्रणाली अनुसार काम गरिरहेको थारु समुदायका वुद्धिजिवी बलहादुर डगौराले बताउनु भयो ।

अहिले बडघर भलमन्सा मटवा महासंघ नेपालले विधानको निर्माण गरी स्वायत्त संस्थाको रुपमा संवैधानिक रुपमा मुल्य मान्यता अनुसार अधिकार हुनुपर्ने र प्रतिनिधित्व हुने गरी अधिकार दिनुपर्ने गरी काम गरिरहेको बताउनु भयो ।

गाउँभरिका किसान सहभागी भुरा खेल (भेला) बाट भलमनसा चयन गर्ने गरिन्छ । भलमनसासहित गाउँमा जिम्मेवारी अनुसार काम गर्नका लागि घरिया, चिरक्या (चौकीदार), सचिव र लोहार चयन गर्ने चलन रहेको छ ।

सम्बन्धित

Comments are closed.