महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको ओसिस मन्टेश्वरीले विरामी पत्रकार सुजित रमेश सिनाललाई आर्थिक सहयोग गरेको छ । बुधवार बिरामी पत्रकार सिनाललाई स्वास्थ्य लाभको कामनासहित नगद १० हजार रुपैया आर्थिक सहयोग गरिएको हो ।
सामाजिक संजालबाट पत्रकार सिनाल विरामी भएको खबर पाउँना साथ स्वास्थ्य उपचारमा सहजता होस भनेर ओसिस मन्टेश्वरीका संस्थापकहरुले आर्थिक सहयोग गरेका हुन । संस्थापक जन्दिप भट्ट, सविना भट्ट, सरस्वती भट्ट र संगिता रावलले आफनो तर्फ बाट सक्दो सहयोग गरेको बताउनु भयो ।
लामो समयदेखि घुडाको नसाको बिरामी रहेका पत्रकार सिनालको आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचार काठमाण्डौमा हुने भएपछि केही भएपनि सहजता होस भनेर सबैले सहयोग गरेको संस्थापक सविना भट्टले बताउनु भयो ।
उहाँहरुले पत्रकार सिनालको स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ । मन्टेश्वरीले कञ्चनपुरमा आफनो फरक पहिचान बनाउन सफल भएको छ । अहिले उक्त मनटेश्वरीमा पिजी देखी एसकेजी सम्म अध्यापन भईरहेको छ ।
Comments are closed.