महेन्द्रनगर । स्व निर्मला पन्तका नाममा अक्षयकोषको स्थापना गरिएको छ । नेपाल क्यानडा टुरिज्म कल्चर ट्रेड नामक गैर सरकारी संस्थाले स्व निर्मला पन्तको नाममा १ लाख रुपैँयाको अक्षयकोषको स्थापना गरीएको हो ।
स्व निर्मला पन्तले अध्ययन गरिरहनु भएको भीमदत्त नगरपालिका २ उल्टाखाममा रहेको सरस्वती मा.वि मा सोमवार एक कार्यक्रमको आयोजना गर्दै उक्त अक्षयकोषको स्थापना गरिएको संस्थाका जिल्ला संयोजक कोमल जोशीले बताउनु भयो ।
विषेश गरेर विद्यालयमा रहेका जेहेन्दार अध्ययनमा अब्बल विद्यार्थीहरुलाई वितरण गर्नका लागी स्व निर्मला पन्तको नाममा अक्षय कोषको स्थापना गरिएको उहाँले बताउनु भयो । साथै उहाँले आफनो संस्थाले सामुदायिक विद्यालयमा सरसफाईको क्षेत्रमा रहेर काम गरिरहेको र विषेश गरेर शौचालय, खानेपानीहरु सरसफाई हुनुपर्ने विद्यार्थीहरुको स्वास्थ्य प्रती सचेत रहेर काम गरिरहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी रहनु भएका जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराले आयोजक संस्थाले गरेको यो कार्य अति नै उत्तम रहेको र यसले स्व निर्मला पन्त पनि खुसी भएको हुन सकने बताउनु भयो ।
स्व निर्मला पन्तको हत्या भएको सात वर्ष भएको र न्याय पाउन नसकेको प्रती सबै दुखी भएको र समाजले पनी न्यायको पर्खाई गरिरहेको बताउनु भयो । यो अक्षयकोषको उचित रुपमा सदुपयोग गरी मिहिनेती, अध्ययनमा अब्बल हुने छात्रछात्रालाई प्रदान गर्न पनि आग्रह गर्नु भयो ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले संस्थाले गरेको सुरुवाती यो कार्य अति नै सम्मानित रहेको बताउनु भयो । यो अक्षयकोषमा थप अन्य संघसंस्थाहरुले पनि रकम लाई थप्दै जान सके सबैले यस्मा हातेमालो गर्न सके अझै बढी रकम भएर बढी विद्यार्थीहरुलाई दिन सके राम्रो हुने बताउनु भयो ।
निर्मला पन्तलाई सधै स्मरण गराउनका लागी यो अक्षयकोषले काम गर्ने र विद्यार्थीहरुलाई पनि उनको नाममा सम्मान गराउने बताउनु भयो । संस्थाले गरेको यो कार्यबाट अरुले पनि सिक्न जरुरी रहेको र विद्यालयले यसलाई उचित रुपमा सहि ढंगले सहि ठाँउमा प्रयोग गर्न पनि आग्रह गर्नु भयो ।
साथै निर्मला पन्तले न्याय नपाएको यो अवस्थामा प्रदेश सरकार केन्द्रिय सरकारलाई पनि छिटो भन्दा छिटो अपराधीलाई कानुनको कटघरामा उभ्याउने कार्यलाई तिव्रता दिन आग्रह गर्नु भयो ।
Comments are closed.