महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा विगत लामो समयदेखी निर्माण हुन नसकेको सडकको काम सुरु हुने भएको छ । वेदकोट नगरपालिका ७ मा रहेको श्री बैजनाथ धाम तथा वृद्धाआश्रम सेवामा जाने सडक विगत लामो समयदेखी निर्माण हुन सकेको थिएनन ।
प्रदेश सरकारको योजना रहेको उक्त सडक विगत लामो समयदेखी निर्माण हुन सकिरहेको थिएन । पूर्व परराष्ट्र मन्त्री एनपी सावद र विकासवादी नेता सुदूरपश्चिम प्रदेशका माननिय आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाको पहलमा र वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा र उपप्रमुख तुलसी जोशीको समन्वयमा उक्त सडकको कार्यले तिव्रता पाउने भएको छ ।
विगत लामो सयमदेखी निर्माण हुन नसकेको उक्त सडकको काम हुने भएपछि स्थानियहरु ह्र्षित भएका छन् । धुलाम्मे हुने उक्त सडकले अब मुहार फेर्ने भएपछि स्थानियहरु खुसी भएका हुन । सोमवार वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले उक्त सडकको अनुगमन पनि गर्नु भएको छ ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले उक्त सडकको निर्माण को जिम्मा लिएको र अब उक्त सडकको निर्माणको कार्य हुने नगर उपप्रमुख जोशीले बताउनु भयो ।
Comments are closed.