उडिरहेको विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना ः १८ शव भेटियो

महेन्द्नगर । अमेरिकन एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा परिचालित उद्धार टोलीले १८ वटा शव फेला पारेको छ ।

अमेरिकाको रिगन वासिंगटन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथिको आकाशमा उक्त दुर्घटना भएको थियो ।आपतकालीन उद्धार टोलीले १८ वटा शव फेला परेको जनाइएको छ ।

विमानमा ६० यात्री र चालक दलका चार सदस्य सवार थिए भने सेनाको हेलिकोप्टरमा तीन जना सवार रहेको जनाइएको छ । सेनाको हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको र विमान अवतरणको क्रममा रहँदा आपसमा ठोक्किएका थिए ।

विमानको टुक्रा नदीमा फेला परेको बताइएको छ । हेलिकोप्टरको भग्नावशेष पनि नदी नजिकै फेला परेको अधिकारीहरूले जनाएका छन् ।

सम्बन्धित

Comments are closed.