महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मा रहेको महाकाली बाल विद्यालयमा खेलकुद सप्ताह सम्पन्न भएको छ । एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले विभिन्न खेलकुदमा स्थान पाउन सफल भएका विद्यार्थीहरुलाई प्रमाणपत्र मेडलहरु वितरण गरिएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज चटौतले गर्नु भएको थियो । उक्त खेलकुद सप्ताहमा विभिन्न खेलकुदहरुको अयोजना गरिएको थियो । जस्तै, भलिबल, फुटबल, क्रिकेट, दौड,कब्बडी, लङजम्प, हाईजम्प, एथलेटिक्स लगायतका खेलकुदहरुको आयोजना गरिएको थियो ।
खेलकुदको माधयमबाट स्वस्थ्य शरिर बनाउन र अनुसासनमा राख्नका लागी उनिहरुलाई खेलकुदबाट दक्ष बनाउन यो कार्यक्रमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम कार्यक्रमका सभाध्यक्ष यज्ञराज चटौतले बताउनु भयो ।
अध्ययन संगसंगै विधार्थीहरुको चौतर्फी विकासका लागी उनिहरुलाइै खेलकुदको माध्यमबाट दक्ष बनाउने भविष्यमा आफनो खेलकुदबाट जिवनयापन गर्न सक्ने र पहिचान दिन पनि यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।
पछिल्लो समयमा खेलकुदको माध्यमबाट आफनो देशको नाम अन्तराष्ट्रिय स्तर सम्म राख्न सक्ने वातावरणको सिर्जना विद्यालय स्तरबाट गराउन सकिए विद्यार्थीहरुले आफनो जिवनयापन खेलकुदबाट पनि गर्न सक्ने बताउनु भयो ।
साथै, स्वस्थ्य शरिर बनाउनका लागी फुर्तिलो र मष्तिस्कलाई पनि स्वस्थ्य बनाउनका लागी खेलकुद अति आवस्यक रहेको हुँदा महाकाली बाल विद्यालयमा खेलकुद सप्ताहको आयोजना गरिएको प्रमुख अतिथी एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चटौतले बताउनु भयो ।
विद्यालयमा अध्ययन संगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई अगाडी बढाउनका लागी विद्यालय व्यवस्थापन समिति, र शिक्षक शिक्षिकाहरुको पनि अहम भुमिका रहने भएकोले यसमा अभिभावकहरुले पनि चासोका साथमा आफना बालबालिकाहरुलाई विद्यालयका प्रधानाध्यापक हर्क जाग्रीले बताउनु भयो ।
हरेका वर्ष झे यस वर्षमा पनि विद्यालयमा खेलकुद सप्ताहको आयोजना गरिएको बताउनु भयो । अहिले विद्यार्थीहरुमा बेग्लै प्रकारको उत्साह हौसला रहेको र उनिहरुले आफुमा भएको अन्तरनिहित प्रतिभा सिपहरु पनि देखाउन मिल्ने वातावरण को निर्माण गरिएको बताउनु भयो ।
Comments are closed.