नेता कलौनीको मुटु परीक्षणका लागि पठाइयो

महेन्द्रनगर । । कञ्चनपुरका कांग्रेस नेता अच्युतराज कलौनीको पोष्टमार्टम रिपोर्टमा मुटुमा अक्लुजन भएको देखिएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको छ ।

पोष्टमार्टम रिपोर्ट आएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

भिसेरा परीक्षणका लागि नेपालगञ्जस्थित प्रहरीको विधि विज्ञान प्रयोगशाला र मुटु परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको उहाँले जानकारी दिनुभयो ।

मुटु र भिसेरा परीक्षणको रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ । कांग्रेसको भीमदत्त नगर सभापति कलौनी गत शनिबार विहान भीमदत्त नगरपालिका –१८ स्थित मामाभान्जा चौकनजिक सडकपेटीमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।

सम्बन्धित

Comments are closed.