महेन्द्रनगर । कञ्चनपुरमा सिकलसेल एनिमिया र थालेसिमिया सम्बन्धी एकदिने पैरबी कार्यक्रम सम्पन्न भएको छ । शनिवार स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा बेदकोट नगरपालिकाको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
वडा नं.६ का अध्यक्ष तुलसी रानाको सभाधयक्षतामा सम्पन्न भएको उक्त पैरबी कार्यक्रममा सिकलसेल रोगको बारेमा छलफल गरिएको थियो । साथै स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरिक्षक सिद्धराज भट्टले रोगका लक्षण, सिकलसेल रोग पत्ता लगाउने परिक्षणहरु , त्यसको उपचार र रोकथामको बारेमा जानकारी दिनुभयो ।
सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउनु पर्ने बताउनु भयो । अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको सिकलसेल रोग रोकथामका लागि थारू समुदायलाई रगतजाँच गरेर विवाह कुण्डली मिलाउन अनिवार्य रहेको उहाँले जानकारी गराउनु भयो ।
विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने बताउनु भयो । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत जाँच गरी बाहकहरू पत्ता लगाएर बाहक–बाहकबीच र बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर ससमुदायले स्वीकार्न जरुरी रहेको बताउनु भयो ।
बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ, कपिलवस्तुलगायतका जिल्लाका थारु समुदायमा सिकलसेल जनस्वास्थ्य समस्याकारुपमा रहेको छ । पैरबीमा कार्यक्रममा बेदकोटका थारु समुदायका लगभग ४० जनाको सहभागिता रहेको थियो ।
Comments are closed.