महेन्द्रनगर । विमान सुरक्षा विशेषज्ञ क्याप्टेन मोहन रंगनाथनले एयर इन्डियाको दुर्घटना जानाजानी पाइलटद्वारा गराइएको हुन सक्ने आशंका व्यक्त गरे। एयर दुर्घटना अनुसन्धान ब्यूरोको रिपोर्ट अनुसार, जहाजका दुबै इन्धन नियन्त्रण स्विचहरू म्यानुअली बन्द गरिएको देखिन्छ।
रंगनाथनले पाइलटको मानसिक स्वास्थ्य र विगत अवस्थाको गम्भीर अनुसन्धानको आवश्यकता औंल्याए। ३० असार, काठमाडौं । एयर इन्डिया उडान १७१ को दुर्घटना जानाजानी पाइलटद्वारा गराइएको हुन सक्ने आशंका एक वरिष्ठ विमान सुरक्षा विशेषज्ञले गरेका छन्।
भारतका प्रख्यात विमान सुरक्षा विज्ञ क्याप्टेन मोहन रंगनाथनले इन्धन नियन्त्रण स्विचहरू र ककपिट अडियोको आधारमा यो दुर्घटना मानवनिर्मित हुन सक्ने बताएका हुन्। उनका अनुसार, बोइङ ७८७ ड्रीमलाइनरको इन्जिनमा इन्धन आपूर्ति काट्ने स्विचहरू स्वतस् बन्द हुँदैनन्, तिनलाई विशेष प्रक्रिया अपनाएर म्यानुअली बन्द गर्नुपर्छ।
‘यो स्विच आफैं बन्द हुने प्रणाली होइन। यसलाई चालु स्थितिबाट बन्द गर्न बलपूर्वक तानेर तल सार्नुपर्छ’ रंगनाथनले एनडीटीभीसँगको कुराकानीमा भनेका थिए।
दुर्घटनाबारे अनुसन्धान गरिरहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो ९आआईबी०ले जुन १२ मा भएको उक्त दुर्घटनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको २४ घण्टाभित्रै रंगनाथनको यस्तो अभिव्यक्ति आएको हो।
उक्त दुर्घटनामा जहाजमा सवार एकजना जीवितै रहँदा अन्य २४१ जनासहित जमिनमा रहेका १९ जनाको पनि मृत्यु भएको थियो। एएआईबीको रिपोर्टअनुसार, जहाजको दुबै इन्धन नियन्त्रण स्विच १ सेकेन्डको अन्तरमा ‘रन’ बाट ‘कटअफ’ मा सारिएको थियो। यी स्विच ककपिटको मध्य भागमा राखिएको र गार्ड रेलले सुरक्षित गरिएको हुन्छ।
यस्तो स्विच आपूर्तिमा गडबडी, कम्पन वा सफ्टवेयरको त्रुटिका कारण आफैं बन्द हुँदैन। ककपिट अडियो अनुसार, एक पाइलटले ‘तिमीले किन अफ गर्यौ ? ’ भन्ने प्रश्नको जवाफमा अर्कोले ‘मैले गरेको होइन’ भनेका छन्।
यो अडियोलाई लिएर रंगनाथनले रिपोर्टमा अस्पष्टता रहेको बताए। उनका अनुसार, टेकअफको बेला जहाज उडाइरहेको पाइलट ९क्लाइभ कुन्दर० दुवै हातले कन्ट्रोल समाइरहेका हुन्छन्, तर पाइलट मोनिटर क्याप्टेन सुमित सभरवाल को हात स्वतन्त्र हुन्छ। त्यसैले यदि स्विच सारिएको हो भने त्यो पाइलट मोनिटरले मात्र गर्न सक्ने बताए।
रंगनाथनका अनुसार, एयर इन्डियाका केही पाइलटहरूले दुर्घटनामा संलग्न एक पाइलटको स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी दिएका छन्। ती पाइलट केही समय मेडिकल बिदामा रहेका थिए।
उनी आमाको निधनले विक्षिप्त रहेको कुरा पनि सार्वजनिक भइरहेका छन् । एएआईबी को रिपोर्टमा दुवै पाइलटले मेडिकल सर्टिफिकेट प्राप्त गरेको उल्लेख भए पनि रंगनाथनले मानसिक स्वास्थ्य र विगत केही महिनाको अवस्था गम्भीर रूपमा अनुसन्धान गर्नुपर्ने बताएका छन्।
रंगनाथनले पाइलटद्वारा जानाजानी गरिएका अघिल्ला दुर्घटनाहरू पनि उल्लेख गरेका छन्— जस्तै जर्मनविङ्स उडान ९५२५ (२०१५), सिल्कएयर (१९९७), इजिप्टएयर (१९९९), चाइना ईस्टर्न एयरलाइन्स (२०२२) र मलेसिया एयरलाइन्स एमएच ३७०। ‘दबाब र मानसिक तनावका कारण यस्ता घटनाहरू सम्भव छन्।
यो मात्र कल्पनामा आधारित होइन, अघिल्लो अनुभव र घटनाको साक्षीका आधारमा मैले यस्तो भनिरहेको हुँ’ उनले भने।
अहिलेसम्म भने भारत सरकार र एएआईबीले पाइलटको नियतबारे कुनै ठोस निष्कर्ष सार्वजनिक गरेका छैनन्। नागरिक उड्डयन मन्त्रीले पनि अहिले नै निष्कर्षमा नपुग्न आग्रह गरेका छन्।
तर यो घटनाले भारतको विमान सुरक्षा प्रणाली र पाइलटहरूको मानसिक स्वास्थ्य परीक्षण प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ।
(एनडीटिभीबाट
Comments are closed.