भारत र बाङ्लादेशसँगको हवाई उडानका लागि बाटो खुल्यो

सरकारले मन्त्रिपरिषद्को निर्णयसँगै कोरोनाभाइरसको महामारीका कारण अवरूद्ध भएका भारत र बाङ्लादेशसँगको हवाई उडानका लागि बाटो खुलेको बताएको छ।

बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले सबै देशहरूसँगको उडान खोल्ने निर्णय गरेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए।

उक्त निर्णयपछि अब उडान हुन नसकिरहेका विशेष गरी भारत र बाङ्लादेशका उड्ययन निकायहरूसँग छलफल गरी उडान शुरू गर्ने मिति तय गरिने सरकारको भनाइ छ।

यसअघि भारतले तेश्रो मुलुकका नागरिक बाहेक एक अर्काका देशका बसिरहेका नेपाली र भारतीय नागरिकले मात्र उडान गर्न पाउने ‘एयर बबल’भनिने उडान ढाँचामा सहभागी हुन गरेको आग्रहलाई नेपाल सरकारले मानिरहेको थिएन।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.