प्रधानन्यायाधीशको राजीनामाले मात्रै अदालतभित्र देखिएको समस्याको समाधान हुदैन् : वरिष्ठ अधिवक्ता श्रेष्ठ

वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाले मात्रै अहिले अदालतभित्र देखिएको समस्याको समाधान नहुने टिप्पणी गर्नु भएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाले अहिले अदालतमा विकृति भएको र त्यो हटाउनको लागि प्रधानन्यायाधीशको राजीनामा मागिएको बताउनु भयो । नेपाल बार एसोसिएसनबाट कार्यक्रमहरु जारी भइराखेको र त्यसको कारक तत्वको रुपमा न्यायाधीशहरुको नियुक्ती कसरी भएको छ ? त्यसलाई हेरिनुपर्ने बताउनु भयो । वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले अदालतमा यो अवस्थाको सिर्जना गर्ने पेशेबर सिण्डिकेट चलाउनेहरु रहेको पनि गम्भीर आरोप लगाउनु भयो ।

  वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले अदालतमा भ्रष्टाचार हुने मुहानको अर्थात् सुरुवातको काम नै त्यो न्यायाधीश नियुक्ती थियो भन्ने दाबी समेत पेश गर्नु भयो । उहाले प्रतिनिधिसभा विघटनसम्बन्धी अदालतमा मुद्दा परेपछि असामान्य स्थिति पैदा भएको पनि स्मरण गराउनु भयो । श्रेष्ठले आफूहरुले यस्तो कुरा हुनुहुँदैन भनेर आवाज उठाएको पनि जिकिर गर्दै नेपाल बारले उठाउनुपर्ने विवादित कुरा नउठाएको भन्दै गुनासो गर्नु भयो । प्रधानन्यायाधीश जबराले भागबण्डा खोजेको भन्ने कुरा उठेको उल्लेख गर्दै उहाले राजनीतिमा यदि न्यायापालिकाले हात हालेको हो भने त्यो गलत भएको टिप्पणी गर्नु भयो । न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा तयार पारिएको प्रतिवेदन कार्यान्वयन भएन भन्ने कुरा आएको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले यो बारका पदाधिकारीले उठाउनुभएको आफुले पाएको र यो प्रतिवेदन अनुदर्शी असर दिनेखालको भएको हुनाले, यसले न्यायाधीश नियुक्तीको विवादको कुरालाई राम्रोसँग एड्रेस नगरेको बताउनु भयो । उहाले अहिले बारले अघि बढाएको आन्दोलनकै कारण समग्र समस्यालाई समाधान गर्न नसक्ने टिप्पणी गर्नु भयो ।

   सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले बेन्च बहिष्कार गरेको घट्नालाई उनले प्रचलित कानून र कुनैपनि ढंगले यसलाई स्वीकार गर्न नसकिने जिकिर गर्नु भयो । वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले राजनीतिक दलहरुले यसलाई राम्रोसँग सम्बोधन गरिराखेको अवस्था नभएको पनि चित्रण गर्नु भयो । उहाले राजनैतिक रुपमा यसको निकास खोजिनुपर्ने आवश्यकत्ता औंल्याउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.