चस्मा प्रयोग किन गर्नुपर्छ ?
आखाको उपचार देखि सुरक्षा गर्न तथा सौन्दर्य सामग्रीको रुपमा प्रयोगहुने बहुउपयोगी बस्तु चस्मा हो।चस्मा प्रयोग किन गरिन्छ भनेर निम्नलिखित बुदाहरु समाबेश गरेको छु :
1. धेरै पहिलेको तथ्यांक अनुसार नेपालमा दशलाख भन्दा बढी मानिसहरु दृष्टिदोष अर्थात आखाको देख्न सक्ने क्षमताको कमि भएका मानिसहरु छन।तिनिहरुले जाचेर चस्माको पावर लगाउने हो भने सामान्य मान्छे जस्तै देख्न सक्ने हुन्छन।अर्थात दृष्टिदोषको उपचार गर्न चस्मा प्रयोग गर्नु पर्छ।
2. बढ्दो डिजिटल प्रबिधी प्रयोगकर्ताहरुलाइ स्क्रीनबाट आउने किरणहरुको असर जस्तै आँखा दुख्ने ,टाउको दुख्ने ,निद्रा नलाग्ने जस्ता समस्याबाट बच्न आँखा जाँच गरि चस्माको प्रयोग गर्दा कम हुने गर्छ।
3. मोतियाबिन्दुको अप्रेसन पछि धेरै जस्तो मान्छेहरुको अझै दृष्टि सुधार गर्न चस्मा लगाउने पर्ने हुन्छ।
चालीस उमेर पुगेपछी धेरै जस्तो मान्छेहरुको प्राकृति रुपमै नजिकको बस्तु धमिले देखिने तर अलि टाढा गर्दा प्रस्ट देखिने (Presbyopia) चालिसे रोगको उपचार पनि पावर भएको चस्माबाट नै गरिन्छ।
4. एक अध्यनका अनुसार सानै देखि चस्मा लगाउनेहरुमा बुढेसकालमा हुने आखाको प्रदाको समस्या (ARMD)
अरुको भन्दा तुलनात्मक रुपमा कम भएको पाइएको छ त्यसकारण हरेक मान्छेले (ARMD) ( Age related macular degeneration ) बाट बच्न पनि चस्मा लगाउनु अनिवार्य छ।
5. धेरै उज्यालो तथा घाममा काम गर्ने,उत्पादन मुलक कम्पनिहरुमा आखालाइ असर गर्न सक्ने काम गर्ने कामदार तथा वेल्डिङ गर्दा आखाको सुरक्षाको लागि चस्मा लगाउनु अनिवार्य हुन्छ।
6. बाइकमा यत्रा गर्दा आखामा बाहिरी बस्तुहरु तथा किराफट्याङ्ग्राहरु पर्न सक्ने तथा हावाको उच्च बहावको कारण आखालाइ अप्ठ्यारो परि आँसु आउने र आँखा सुख्खा भएर पोल्ने ,चिलाउने जस्ता समस्या बाट बच्न चस्मा लगाउनु पर्नेहुनाले हरेक बाइकचालक तथा राती बिपरित दिशाबाट आउने गाडिको लाइटले ड्राइभरको आखालाइ असर गर्ने हुनाले ड्राइभरहरुले डाक्टरको सल्लाह बमोजिन उपयुक्त किसिमको चस्मा लगाउनु पर्छ।
7. धेरै पहिले देखि राजा ,महाराजा,नायक ,नायिका देखि फेसनका सौखिनहरु फेसनका रुपमा चस्मा लगाउने हुनाले बर्तमान समयमा पनि फेसनको रुपमा फेसनेवल चस्मा लगाउनेहरु धेरै भेटिन्छन।चस्मा लगाउनु सौख पनि हो र साच्चै नै मान्छे चस्मा लगाउदा सुन्दर र आकर्षक देखिन्छ।
लेखक तिलगंगा प्रतिष्ठान को शाखा कार्यालय जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापमा कार्यरत छन
Comments are closed.