आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने : सांसद अली सबारी

यसै हप्ताको सुरुमा नयाँ अर्थ मन्त्री नियुक्त भइ २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको छ ।उहाँलाई गएको सोमवार राष्ट्रपति गोटाबाय राजपाक्षले अर्थ मन्त्री नियुक्त गर्नुभएको थियो भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेस गर्नुभएको थियो । राष्ट्रपतिबाट उहाँको राजीनामा स्वीकृत भएको थिएन ।

सबारीले आज शुक्रवार संसदमा बोल्दै अर्थ मन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।अरू कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपति राजपाक्षले सबारीको राजीनामा स्वीकृत गर्न नमानेपछि उहाँले पदलाई निरन्तरता दिने बताउनुभएको हो ।श्रीलङ्कामा आर्थिक सङ्कट, घण्टौँ लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.