पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू विरुद्ध अविश्वासकाे प्रस्ताव पारित भएमा त्यसपछि बन्ने सरकारलाई मान्यता नदिने बताउनुभएको छ ।
उहाँले आफूले सर्वोच्च अदालतको निर्णयलाई आत्मसाथ गरेको भन्दै अविश्वासकाे प्रस्ताव पारित नहुनेमा आफू विश्वस्त रहेको भन्दै यदि अविश्वासकाे प्रस्ताव पारित भएर अर्को सरकार बनेमा आफूले त्यसलाई मान्यता नदिने बताउनुभएको बीबीसीले जनाएको छ । संसदमा आफू विरुद्धको अविश्वासकाे प्रस्तावमाथि मतदान हुनु अघि प्रधानमन्त्री खानले आफूलाई पदबाट हटाउन अमेरिकाले भूमिका खेलिरहेको आरोप लगाउँदै अहिले देशमा सङ्कट निम्त्याउने काम भइरहेको बताउनुभयो । संसद भङ्ग गर्ने निर्णय खारेज गर्दै पाकिस्तानी सर्वोच्च अदालतले ब्युँताएको संसदको बैठक केहीबेरका लागि स्थगित भएको छ । अब बस्ने बैठकमा खान विरुद्धको अविश्वासकाे प्रस्तावमाथि मतदान हुनेछ ।
Comments are closed.