राष्ट्रिय सभाका पूर्वसदस्य शाहको ८६ वर्षको उमेरमा निधन

 

 राष्ट्रिय सभाका पूर्वसदस्य दीप्तप्रकाश शाहको ८६ वर्षको उमेरमा निधन भएको छ । शाहकाे आज मङ्गलवार काठमाण्डौकाे गैरीधारामा रहेकाे निवासमा हृदयघातका कारण निधन भएकाे उहाँका परिवारले जानकारी दिएको छ ।नेपाली सेनाको आन्तरिक कानुन व्याख्या र कारबाही गर्ने प्राड विभागका पहिलो संस्थापक शाह नेपाली सेनाको सहायक रथी हुनुहुन्थ्यो । २०४७ सालमा सेनाबाट अवकाश भएपछि २०५८ सालमा उहाँ राजाबाट राष्ट्रिय सभाका सदस्य मनोनीत हुनुभएको थियो ।

शाहकाे जन्म १९९३ साल भदौ १४ गते दैलेखको दुल्लूमा भएको थियो । २०१८ सालमा राजारजौटे ऐनअनुसार पुराना राजाहरूको पदवी खारेज हुँदा दुल्लूका पूर्वसांसदका बुबा जंगबहादुर शाह अन्तिम राजा हुनुहुन्थ्यो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.