एन्फामा अहिले चुनावको चटारो

 फुटबल नेपालको सबैऐन्दा चर्चित खेल अनि यसको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ एन्फा नेपालको सबैभन्दा चलायमान खेल संघ । आर्थिक गतिविधिको हिसावले हेर्ने हो भने पनि एन्फा सबैभन्दा ठूलो खेल संघ हो । त्यही एन्फामा अहिले चुनावको चटारो छ । पदाधिकारीहरू अहिले सबै चुनावी मैदानमा होमिएका छन् । उता नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय फुटबल टिम भने अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिस्पर्धाका लागि मान उत्रनेछ ।

 अर्को वर्ष आयोजना हुने एसिया महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘एएफसी एसियन कप’ को अन्तिम चरणको छनोट खेल्ने तयारीमा नेपाली टिम छ । खेलाडी(प्रशिक्षकको विवाद, एन्फा चुनावको बिचमा युवा र कम अनुभवी खेलाडी ठूलो स्टेजका लागि कुवेत पुग्दैछ । नेपालको कुवेतको हावापानी धेरै नै फरक छ । हुन त नेपालले यसअघि पनि कुवेतमा गएर खेलिसकेको छ । तर नतिजा नेपालको पक्षमा आएको छैन ।

एएफसी एसियन कपको अन्तिम चरणको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले कतारमा प्रशिक्षण सकाएको छ । अब टोली छनोट खेल्नका लागि उतैबाट कुवेत जाँदैछ ।

कुवेतको मौसममा एडजस्ट हुनका लागि नेपालले कतारमा १० दिनको तयारी गरेको हो । यही समयमा नेपालले त्यहाँ तीन वटा अभ्यास खेलसमेत खेल्यो । टिमोर लेस्ट को यू(२३ टिमविरुद्धको पहिलो खेलमा २(२ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा दक्षिण एसियाकै टोली श्रीलंकासँग १(१ को बराबरी खेलेको थियो । यस्तै अन्तिम खेलमा ओमानसँग नेपाल २(० ले पराजित भयो ।

एसियन कप छनोटको तयारी स्वतरुप नै नेपालले कतारमा प्रशिक्षक गर्नुका साथ अभ्यास खेलहरु खेलेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.