जुलाई महिनाको पहिलो शनिवार अन्र्तराष्ट्रिय सहकारी दिवश मनाइएको छ । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ । शाब्दिक अर्थमा सहकारी भन्नाले सहकार्य बुझिन्छ । शनिबारको दिन मनाइएको दिवसको परिवेशमा कुरा गर्दा चाहि समुदायको सहभागितामा आर्थिक उन्नतिका लागि गरिएको सहभागितात्मक सङ्गठनलाई सरल रूपमा सहकारी भनेर बुझ्न सकिन्छ । नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, ‘देशका कृषक, कालिगड, कम पुजीवाला र निम्न आय वर्ग, श्रमिक, भूमिहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्परिक सहयोग र सहकारिताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा सङ्घहरूको गठन र सञ्चालन सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले ऐन बनाएको छ । उपरोक्त अर्थ तथा परिभाषाको आधारमा समान इच्छा, आकांक्षा र अवस्था भएका व्यक्तिहरू बाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधि द्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त एकता बद्ध प्रयास नै सहकारी हो । अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखी संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो । यस वर्ष २०२२ को विश्व सहकारी दिवसको नारा ऋय – यउभचबतष्खभक द्यगष्मि ब द्यभततभच ध्यचमि सहकारीहरूले अझ राम्रो विश्व निर्माण गर्दछ भन्ने प्रोत्साहन र नाराका साथ यस वर्ष विश्व सहकारी दिवस मनाइएको छ ।
Comments are closed.