कोरोना भाइरस बाट ११३ जना संक्रमित भएको पुष्टि

पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७२४ परीक्षणमा ११३ जनामा संक्रमण भएको हो ।

जस मध्ये १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यो संगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमण मुक्त भएका छन् ।

बुधबार थपिए संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ५५७ पुगेको छ । यो संगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५७५ जना संक्रमण मुक्त भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.