उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने

प्रतिनिधिसभाका सभामुख चयनको प्रक्रिया आजदेखि सुरु हुने भएको छ । साेमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको तालिका प्रकाशन गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

याेसँगै झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभाकाे बैठकले निरन्तरता पाउने भएकाे छ । सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि आज उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने उहाँ निकट स्राेतले जनाएको छ ।

नेकपाले यसअघि नै राजीनामा दिन निर्देशन दिए पनि उहाँले सभामुखको उम्मेद्वार चयन नगरेसम्म प्रतिनिधिसभालाई नेतृत्वविहीन नबनाउने भन्दै राजीनामा गर्न अस्वीकार गर्दै आउनु भएको छ ।

उपसभामुखले राजीनामा दिएपछि संसदले नयाँ उपसभामुख पनि चयन गर्नु पर्नेछ । दुवै पदका लागि चुनावी प्रक्रियासँगै अघि बढाउने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ । सभामुख र उपसभामुख भिन्न भिन्न दलका हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.