नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए परिमार्जन हुने गृहमन्त्री बालकृष्ण खाणले बताउनु भएको छ ।
प्रतिनिधिसभामा नागरिकता विधेयक माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै खँणले सो कुरा बताएका हुन् ।
कुनै पनि नागरिक नेपाली नागरिकता पाउन बाट बन्चित नहुन् भन्ने कुरामा सचेत रहेको र यही नै संविधानको मूल अवधारणा भएको उहाले बताउनु भएको छ ।
गृहमन्त्री खँणले सबै नागरिकले नागरिकता पाउन भन्नेमा सरकार प्रतिवद्ध रहेको समेत बताउनु भएको छ ।
नारिकता सम्बन्धी विधेयक यो सरकारले नल्याएको भन्दै उहाले यसमा कसैले जस लिने र कसैलाई दोषारोपन गर्न आवश्यक नरहेको बताउनु भएको छ ।