२०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ९० जनाको परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको हो ।
एक हजार १९९ पीसीआर परीक्षणमा १५२ जना र एक हजार ८९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५१ रहेको छ । शनिबार सम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १३८५ पुगेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.