भारतमा नया राष्ट्रपति चयनका लागि आज मतदान हुदै

भारतमा नया राष्ट्रपति चयनका लागि आज मतदान हुदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो ।
आज बिहान १० बजे देखि सँझ ५ बजे सम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने र २१ जुलाईमा मत गणना हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । २५ जुलाईमा नयँ राष्ट्रपतिको शपथ ग्रहण हुने छ ।
राष्ट्रपति पदका लागि सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट द्रौपदी मुर्मु र विपक्षीको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.