सरकारले सन् २०२३–२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुर्नउत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
आगामी तीन महिना भित्र यस्तो घोषणा गरि सक्ने गरी मन्त्रालयले समय तोकेको छ । मन्त्रालयले गैर आवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ समेत चलाउने भएको छ ।
काठमाडौंमा ‘जयउ यल जयउ या अष्तथ दगक’ आगामी तीन महिना भित्र संचालनमा ल्याउने घोषणा समेत मन्त्रालयले गरेको छ ।
प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषण समेत मन्त्रालयले गरेको छ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा ‘रिकोभरी प्लान’ ल्याउने निर्णय गरेका थिए । सोही अनुसार आइतबार मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेको हो ।
काठमाडौं उपत्यका भित्र रात्रि कालीन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्ष भित्र संचालन हुने समेत मन्त्रालयले जनाएको छ ।