जंगली च्याउ खँदा जुम्लामा एकै परिवारका पँच जना बिरामी

जुम्लामा जंगली च्याउ खँदा एकै घरका पँच जना बिरामी परेका छन् । तिला गाउपालिका वडा नं. ४ नुवाकोट गाउका विष्णु हमालको परिवारका पँच जना बिरामी भएका हुन् ।

बिरामी पर्नेमा विष्णु हमाल, उनकी पत्नी सम्झना हमाल, छोरीहरू सविना हमाल र सम्झौता हमालका साथै घरमा कामको सिलसिलामा बस्दै आएका चन्दननाथ नगरपालिका – ९ रोकायाबाडाका डेकेन्द्र रोकाया रहेका छन् । उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुवन भट्टका अनुसार हमाल परिवारले आइतबार सँझ जंगल बाट ल्याएको च्याउको तरकारी पकाएर खाएका थिए । पहिले विष्णु हमाललाई वाकवाकी लागेपछि परिवारका सबै जना आइतबार बेलुका नै उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

अहिले उनीहरुको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । जंगल बाट कुन प्रजातिको च्याउ ल्याएर खाए भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ

सम्बन्धित

Leave A Reply

Your email address will not be published.