अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आइ पुग्नु भएको छ । विशेष चार्टर्ड विमान बाट सहायक विदेश मन्त्री लु केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनु भएको विमानस्थल प्रहरीले जनाएको छ ।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहिबार र शुक्रबार नेपालमा रहनु हुनेछ । उहँले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्का संग भेटवार्ता गर्ने तय भएको छ ।
नेपालले स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता अस्वीकार गरेको एक महिना पछि लु नेपाल आउनु भएको हो । नेपालले एसपीपी सम्झौता अस्वीकार गरे पनि यसबारे अमेरिकालाई औपचारिक रूपमा पत्राचार गरेको छैन । चौतर्फी आलोचना भएपछि नेपालले गएको असार ६ गते एसपीपी अस्वीकार गर्ने निर्णय गरेको थियो ।
यसअघि गएको मङ्सिर १ देखि ४ गते सम्म नेपालमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेल्नु भएको थियो । लु नेपाल आउनु अघि चिनियँ कम्युनिस्ट पार्टीको विदेश समन्वय विभाग प्रमुख लिउ जियान्चाओले नेपालको भ्रमण गर्नु भएको थियो । लिउ जियान्चाओ फर्किएको दुई हप्ता नबित्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु को नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।
Comments are closed.