प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लु बिच बिचार आदान प्रदान

प्रधानमन्त्री शेरबहादुर देउवा संग नेपालको दुई दिने भ्रमणमा रहेका दक्षिण एशिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु ले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा गएर शुक्रबार अपरान्ह तिर देउवा संग उनले भेटवार्ता गरेका हुन् ।

लु संगको भेटपछि प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धन बारे विचार आदान प्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन् । ट्वीटर मार्फत देउवाले निरन्तरको विकास सहकार्य र उच्च तहको आर्थिक संलग्नताका लागि भन्दै अमेरिकालाई धन्यावाद दिएका छन् ।

लु ले यसअघि परराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेटेका थिए ।

सम्बन्धित

Comments are closed.