एकैदिनमा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

एकैदिनमा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र १ हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २७७ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

सक्रिय संक्रमित मध्ये ४ हजार २१८ जना होम आइसोलेसनमा र १५१ जना संस्थागत आइसोलेनमा छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ३३ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा ११ हजार ९६६ जनाको ज्यान गइसकेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.